बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा, शुक्रबारबाट यातायात चल्ने
२०८२ असोज २३ बिहीवार
- बाढीले क्षति पु¥याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ ।
रामेछाप : गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको वर्षाको कारण रोशी खोलामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
बाढीले क्षति पु¥याएको सडक आज राति नै वा भोलि दिउँसोसम्म निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने लक्ष्यका साथ प्राविधिक टोली खटिरहेको छ ।
बाढीले काभ्रेतर्फ चौकिडाँडादेखि माम्तिसम्म १४ ठाउँमा खोलाले सडक कटान गरेकोमा अब चार ठाउँमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इञ्जिनियर दुर्गा प्रसादले जानकारी दिए ।
सकेसम्म आज रातभर काम गरेर राति नै सडक खुलाउने नभए पनि भोलि दिउँसोसम्म सडक खुल्ने उनले बताए । ‘हामीले पर्सिसम्म सक्ने लक्ष राखेका थियौँ, अब सडक भोलि नै खुल्छ, भोलि बिहानबाट खुल्छ वा दिउँसो खुल्छ त्यति मात्र हो, सडक भोलि नै खुल्छ’, उनले भने ।
सो सडकको सिन्धुलीतर्फ नेपालथोक र वर्षे खोलामा रोशीले कटान गरेको करिब एक किलोमिटर सडकमा डाइभर्सन निर्माणको काम सकिएको छ ।
सिन्धुली खण्डमा काम सकेपछि उपकरणसहितको टोली काभ्रेको माम्ति पुगेको र त्यहाँ डाइभर्सन निर्माणको काम सुरु गएको सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका प्रमुख पारसमणि हमालले जानकारी दिए ।
सिन्धुलीको टिमले एक्लै काम गर्दा माम्तिमा डाइभर्सन बनाउन भोलि दिनभरि लाग्ने भएपनि काभ्रेबाट आएको उपकरण सहितको टोलीले समेत काम गर्दा छिटो काम सकिने प्राविधिक टोलीले बताएको छ ।
रोशी खोलमा आएको बाढीले गत वर्ष पनि बिपी राजमार्गमा ठुलो क्षति गरेको थियो । यस वर्ष गतवर्ष बगाएपछि बनाएको अस्थायी डाइभर्सनका साथै थप सडकमा समेत क्षति पु¥याएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भन्दै श्रम संस्कृति पार्टी सडकमा
-
दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते
-
‘अब म होइन, हामी’ — रास्वपा सभापति रवि लामिछानेको आह्वान
-
इजरायली आक्रमणमा लेबनानमा मृत्यु हुनेको संख्या ३ हजार ५५८ पुग्यो
-
इजरायलप्रतिको धारणा विश्वभर थप नकारात्मक बन्दै
धेरै पढिएको
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।